Matthew 15:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यहीँ एउटी कनानी स्‍त्री आएर चिच्‍च्‍याउँदै भनिन्, “हे प्रभु, दाऊदको सन्‍तान, मलाई दया गर्नुहोस्! मेरी छोरी भूत लागेकोले नराम्रो अवस्‍थामा छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस इलाकाबाट एउटी कनानी स्‍त्री आएर कराउँदै भन्‍न लागी, “हे प्रभु, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्‌। मेरी छोरीलाई भूतले साह्रै सताएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यतातिरबाट एउटी कनानी स्त्री जोडसित रुँदै यसो भन्दै आई, “प्रभु, दावीदको पुत्र, ममाथि दया गर्नुहोस्! मेरी छोरीलाई भूतआत्मा लागेको छ, र साह्रै सताएको छ।”
Nepali ERV (पवित्र बाइबल)
त्यस क्षेत्रकी कुनै एउटी कनानी स्त्री येशूकहाँ आई। तिनले रूँदै भनिन्, “परमप्रभु, दाऊदका पत्रु, ममाथि दया गर्नुहोस्। मेरो छोरीलाई भूतले सताएको छ ऊ साह्रै यातनामा छे।”
Nepali Tamang 2011
थे शहरला अर्गु य्‍हुलला कनानी म्रिङम्‍हेमे गिक क्रिङ्बान खसी येशूदा “प्रभु, दाऊद ग्‍लेला सन्‍तान, ङादा दया लउ। ङाला झामेदा म्‍हङसे ल्‍हानान दुख पिन्‍बा मुला” भिसी भिजी।