Matthew 15:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर येशूले तिनलाई केही पनि जवाफ दिनुभएन अनि उहाँका चेलाहरूले आएर उहाँलाई बिन्‍ती गरे, “यस स्‍त्रीलाई पठाइदिनुहोस्। ऊ त हाम्रो पछिपछि रुँदै-कराउँदै आइरहेकी छ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले त्‍यसलाई केही जवाफ दिनुभएन। उहाँका चेलाहरूले आएर उहाँलाई बिन्‍ती गरे, “यसलाई बिदा गर्नुहोस्, किनभने त्‍यो कराउँदै हाम्रो पछि लागिरहिछे।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले जवाफमा एक शब्द पनि बोल्नुभएन। यसकारण उहाँका चेलाहरूले उहाँकहाँ आएर बिन्ती गरे, “त्यसलाई पठाइदिनुहोस्, किनकि त्यो हाम्रो पछि-पछि रुँदै आइरहेकी छ।”
Nepali ERV (पवित्र बाइबल)
तर येशूले त्यस स्त्रीलाई जवाफ दिन एउटा शब्द पनि भन्नु भएन। अनि चेलाहरू उहाँकहाँ आएर बिन्ती गर्न लागे, “कृपया यो स्त्रीलाई पठाइदिनु होस, यसले हाम्रो पिछा गर्दै कराइरहेकी छे।”
Nepali Tamang 2011
तर येशूसे तिगै जोहाब आपिन्‍नी। जमाहेन्‍से चेलागदेसे येशूदा “चु म्रिङम्‍हेमेदा चुग्‍याम पुइगो। तिग्‍दा भिसम चु क्रिङ्बान य्‍हाङला लिच्‍छा लिच्‍छा भ्रसी छेर्ना लजी” भिसी बिन्‍ती लजी।