Matthew 15:30 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि मानिसहरूको धुइरो लाग्यो। तिनीहरूले लङ्गडा, अन्धा, लाटा र अरू धेरै बिरामीहरू लिएर आइपुगे। तिनीहरूले ती बिरामीहरूलाई येशूको चरणमा राखिदिए अनि उहाँले तिनीहरूलाई निको पार्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब ठूला-ठूला भीड उहाँकहाँ आए, र तिनीहरूले साथमा ल्याएका लङ्गड़ा, लुला, अन्धा, गूँगा र अरू धेरैलाई उहाँका चरणमा राखिदिए, अनि उहाँले तिनीहरूलाई निको पारिदिनुभयो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ ठूला भीडहरू उहाँकहाँ लुला-लङ्गडा, दृष्टिविहीन, अपाङ्ग, लाटो र अरू धेरै बिरामीहरूलाई लिएर आए; अनि उहाँका पाउमा राखिदिए; तब उहाँले तिनीहरूलाई निको पार्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
धेरै, मानिसहरू येशूकहाँ आए। ती मानिसहरूले थुप्रै रोगीहरूलाई लिएर आए अनि येशूको अघि राखिदिए। लङ्गडा, अन्धा,गुंगा अनि बहिरा भीडद्वारा ल्याइएका थिए। येशूले यी सबैलाई निको पारिदिनु भयो।
Nepali Tamang 2011
ओच्छे म्हिला हुल येशू मुबा ग्लारी खजी। थेनीगदेसे कुज्या तबा, मी आम्राङ्बादेन ताइ दोबा ओच्छे ल्हानान थरीला रोगसे स्याप्बा म्हिगदेदा भजी। जमाहेन्से येशूसे थे आखम्बा म्हिगदेदा खम्ना लजी।