Matthew 15:31 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लाटाहरू फटाफट बोल्न थाले, कुँजाहरू चल्ने भए, लङ्गडाहरू हिँड्न थाले र अन्धाहरू देख्ने भए। यो देखेर मानिसहरू छक्कै परे अनि तिनीहरूले इस्राएलका परमेश्वरको प्रशंसा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहाँसम्म कि, गूँगाहरू बोलेका, लुलाहरू निको भएका, लङ्गड़ा हिँड़ेका, र अन्धाहरूका आँखा खोलिएका देखेर मानिसहरू छक्क परे, र तिनीहरूले इस्राएलका परमेश्वरको महिमा गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मानिसहरूले लाटाहरूका बोली फुटेका, अपाङ्गहरू ठिक भएका, लङ्गडाहरू हिँडेका र दृष्टिविहीनहरूका आँखा खोलिएका देखे, तब तिनीहरू छक्क परे; अनि तिनीहरूले इस्राएलका परमेश्वरको प्रशंसा गरे।
Nepali ERV (पवित्र बाइबल)
लाटाहरू बोल्न सक्ने भए लुलाहरू बलिया भए हिडन नसक्नेहरू फेरि हिडन सक्ने भए र अन्धाहरू फेरि देख्न सक्ने भए यस्तो आश्चर्य देखेर ती मानिसहरू चकित भएर पहिले यस्तो कहिल्यै देखिएको थिएन भन्दै इस्राएलका परमेश्वरलाई धन्यवाद चढाए।
Nepali Tamang 2011
येशूसे ताइ दोबा म्हि, कुज्या म्हि, मी आम्राङ्बा म्हिदेन जम्मान आखम्बा म्हिगदेदा खम्ना लबा म्राङ्सी थेरी मुबा जम्मान म्हिगदे उदेक म्हन्सी इस्राएलला म्हिगदेसे तेन्बा परमेश्वरला जयजयकार लजी।