Matthew 15:32 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि येशूले आफ्ना चेलाहरूलाई बोलाएर भन्नुभयो, “यी मानिसहरूलाई देखेर मलाई साह्रै माया लाग्यो। यिनीहरू मसँगै भएको आज तीन दिन भइसक्यो। अब यिनीहरूको खानेकुरा पनि सकिएको छ। म यिनीहरूलाई भोकै बिदा गर्न चाहन्नँ, नत्रता यिनीहरू घर जाँदाजाँदै बाटैमा मुर्छा पर्लान्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब येशूले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो, “म यस भीड़लाई टिठ्याउँछु, किनभने यिनीहरू मसँग रहेका आज तीन दिन भयो, अनि यिनीहरूसित खानलाई केही छैन। यिनीहरूलाई भोकै पठाउन म चाहन्नँ। नत्रता तिनीहरू बाटोमा लखतरान होलान्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो, “म यी मानिसहरूलाई देखेर दयाले भरिएको छु; तिनीहरू हामीसित तीन दिनदेखि छन्, र तिनीहरूसित खानेकुरा केही छैन। म यिनीहरूलाई भोकै पठाउन चाहन्नँ, नत्रता यिनीहरू बाटैमा मूर्च्छा पर्नेछन्।”
Nepali ERV (पवित्र बाइबल)
येशूले आफ्ना चेलाहरुलाई बोलाएर भन्नुभयो, ‘यी मानिसहरूलाई देखेर मलाई दया लागेको छ। अहिले तिनीहरू मसँग तिनदिनदेखि छन्, अनि तिनीहरूको खानेकुरा छैन। म तिनीहरूलाई भोकै पठाउन् चाहन्न घर जाने बाटोमा तिनीहरू मुर्छा पर्न सक्छन्।’
Nepali Tamang 2011
जमाहेन्से येशूसे चेलागदेदा ह्राङ मुबा ग्लारी ङ्योइसी, “चु म्हिगदे म्राङ्सी ङादा दया रेःजी। तिग्दा भिसम चुगदे ङादेन छ्याम भ्रबा तिनी सोमरे तजी। ओच्छे चुगदेदेन छ्याम तिगै चबा स्हे आरे। थेतबासेलमा चुगदेदा फोइथाननोन पुइबारी आत। फोइथाननोन दिमरी पुइजी भिसम चुगदे ग्यामरीन बिहोस तला” भिसी सुङ्जी।