Matthew 16:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केही फरिसी र सदुकीहरू मिलेर येशूलाई कुरामा फसाउन उहाँकहाँ आए र भने, “यदि तपाईं परमेश्‍वरको तर्फबाट नै आउनुभएको हो भने स्‍वर्गबाट आएको एउटा चिन्‍ह देखाउनुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फरिसीहरू र सदुकीहरू आए, र उहाँलाई जाँच गर्न स्‍वर्गबाट एउटा चिन्‍ह देखाइदिने उहाँसँग माग राखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक दिन फरिसीहरू र सदुकीहरूले येशूकहाँ आएर उहाँलाई जाँच गर्न, तिनीहरूका लागि स्वर्गबाट एउटा चिन्ह देखाउन मागे।
Nepali ERV (पवित्र बाइबल)
फरिसीहरू र सदुकीहरू येशूकहाँ आए। तिनीहरू येशूको परीक्षा लिन चाहन्थे। अनि तिनीहरूले येशूलाई परमेश्वरबाट आएको हो भन्ने प्रमाणको निम्ति चमत्कार देखाउन विन्ती गरे।
Nepali Tamang 2011
कोइ कोइ फरिसीगदेदेन सदुकीगदे येशूला सेम च्‍याबाला लागिरी येशू मुबा ग्‍लारी खजी। ओच्‍छे “चुदे ह्राङ परमेश्‍वरग्‍याम फेप्‍खबा हिन्‍सम ङन्‍दा स्‍वर्गला चिनु उन्‍गो” भिसी पाङ्‌मा,