Matthew 16:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले भन्नुभयो, “ए योनाको छोरा सिमोन, तिमी कति धन्य हौ! यो कुरा तिमीले मानिसबाट सुनेर भनेका होइनौ, यो त स्वर्गमा हुनुहुने मेरा परमेश्वर पिताले नै तिमीलाई थाहा दिनुभएको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनलाई भन्नुभयो, “योनाको छोरो सिमोन, तिमी धन्य हौ। किनभने मानिसबाट तिमीलाई यो प्रकट भएको होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले जवाफ दिनुभयो, “योनाका छोरा सिमोन, तिमी धन्य हौ; किनकि यो तिमीलाई मानिसद्वारा होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताद्वारा प्रकट गरिएको हो।
Nepali ERV (पवित्र बाइबल)
येशूले भन्नुभयो, “तिमी धन्य हौ, हे योनाको छोरो शिमोन। कुनै पनि मानव जातिले तिमीलाई यो सिकाएको होइन। स्वर्गमा भएका मेरा पिताले तिमीलाई प्रकाश गरिदिनुभएको हो।
Nepali Tamang 2011
जमाहेन्से येशूसे थेदा “योनाला झा सिमोन, एसे परमेश्वरग्याम मोलम याङ्बा मुला। तिग्दा भिसम चु ताम एदा म्हिगदेसे पाङ्सी था तबा आहिन। तर स्वर्गरी धन्छ्याबा ङाला आबासे सुङ्सी था याङ्बा हिन्ना।