Matthew 16:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस बेलादेखि येशूले आफ्‍ना चेलाहरूलाई आफूले भोग्‍नुपर्ने दु:खको बारेमा सोझै भन्‍न लाग्‍नुभयो। उहाँले भन्‍नुभयो, “मैले यरूशलेम गएर अगुवा, मुख्‍य पूजाहारी र धर्म-गुरुहरूबाट दु:ख भोग्‍नुपर्छ, आखिरमा म मारिनेछु, तर तेस्रो दिनमा म फेरि मरेकोबाट बिउँतनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँ कसरी यरूशलेममा जानुपर्छ, र धर्म-गुरु र मुख्‍य पूजाहारीहरू र शास्‍त्रीहरूबाट धेरै कष्‍ट भोग्‍नुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा जीवित भइउठ्‌नुपर्छ भनी उहाँले त्‍यस बेलादेखि आफ्‍ना चेलाहरूलाई बताउन थाल्‍नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस समयदेखि उसो येशूले आफ्ना चेलाहरूलाई उहाँ यरूशलेममा जानुपर्छ, र प्रधानहरू, मुख्य पुजारीहरू, व्यवस्थाका शिक्षकहरूका हातबाट धेरै कष्‍टहरू सहनुपर्छ, मारिनुपर्छ, र तेस्रो दिनमा जीवित भई उठ्नुपर्छ भनी भन्‍न थाल्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
त्यसै बेलादेखि यसो येशूले आफ्ना चेलाहरूलाई आफू यरूशलेम जान पर्नेछ भनेर प्रष्ट पार्न थाल्नुभयो। अनि यहूदीहरूका अग्रज प्रमुखहरू, मुख्य पूजाहारीहरू अनि व्यवस्थाका शास्त्रीहरूले उहाँलाई धेरै यातना दिनेछन्। येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो कि उहाँलाई मारिनु नै पर्नेछ। अनि उहाँ तेस्रो दिनमा मृत्युबाट बौरी उठनु हुनेछ।
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे ह्राङला चेलागदेदा “यरूशलेमरी निसी ङाइ यहूदी गन्‍बागदे, परमेश्‍वरला मन्‍दिररी पूजा लबा मुल म्‍हिगदेदेन यहूदी धर्मगुरुगदेग्‍याम ल्‍हानान दुख नातोःला। थेनीगदेसे ङादा दुख पिन्‍सी पिन्‍सीन साइला। तसैनोन ङादा सिबाग्‍याम सोमरेमाकुनु सोना लला” भिसी सुङ्जी।