Matthew 16:23 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले पत्रुसतिर फर्केर भन्नुभयो, “ए शैतान, मेरो पछि हट्। तँ मेरो बाटोमा ठेस लाग्ने ढुङ्गा राख्न खोज्छस्! तेरो यो विचार परमेश्वरबाटको होइन, तर मान्छेबाटको हो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर फर्केर उहाँले पत्रुसलाई भन्नुभयो, “ए शैतान, मेरो सामुन्नेबाट हटिजा, तँ मेरो निम्ति बाधा होस्। किनभने तँ परमेश्वरका कुरामा होइन, तर मानिसहरूका कुराहरूमा ध्यान दिन्छस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले फर्केर पत्रुसलाई भन्नुभयो, “ए शैतान, मबाट टाढा होइजा! तँ मेरा लागि ठेस लाग्ने कारण होस्। तेरो मनमा परमेश्वर सम्बन्धी विचारहरू होइनन्, तर मानिसहरू सम्बन्धी विचारहरू छन्।”
Nepali ERV (पवित्र बाइबल)
तब येशूले पत्रुसतिर फर्केर भन्नुभयो, “तिमी म देखि टाढो जाऊ, शैतान! मेरो पक्षमा छैनौ। परमेश्वरले सोच्नु भएको जस्तो तिमीले सोच्दैनौ। तिमी मानिसहरूले सोचे जस्तै।”
Nepali Tamang 2011
तर येशू फ्लिक दोःसी पत्रुसदा “ङादा कोल्ना लबारी म्हाइबा शैतान, ए चुग्याम थोन्सी निउ! तिग्दा भिसम एसे परमेश्वरसे सुङ्बा तामदा भन्दा म्हिगदेला तामदा सेम लमुला” भिसी सुङ्जी।