Matthew 16:8 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्ना चेलाहरूले यसरी कुरा गरिरहेका सुनेर येशूले तिनीहरूलाई भन्नुभयो, “खै तिमीहरूको विश्वास? किन तिमीहरूले रोटी ल्याएनौं भनेर आपसमा कुरा गरिरहेका छौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले यो थाहा पाएर भन्नुभयो, “ए अल्पविश्वासी हो! तिमीहरूसित रोटी छैन भनेर किन आपसमा बहस गर्छौ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका छलफल थाहा पाएर येशूले सोध्नुभयो, “हे अल्पविश्वासीहरू हो, तिमीहरू रोटी छैन भनेर किन आपसमा कुरा गर्दछौ?
Nepali ERV (पवित्र बाइबल)
येशूले चेलाहरूका धारणा बुझ्नुभयो। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, ‘किन रोटीको विषयमा तिमीहरू कुरा गर्न लागिरहेछौ? तिमीहरूसित कमजोर विश्वास छ।
Nepali Tamang 2011
येशूसे चु ताम था याङ्सी, “एनीगदे खाह्रङ्बा विश्वास आरेबा म्हिगदे! एनीगदेसे ह्राङदेन छ्याम गेङ आरे भिसी तिग्दा ताम लसी चिबा?