Matthew 17:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हेर, म तिमीहरूलाई भन्‍छु, एलिया त आइसकेका छन्। तर मानिसहरूले उनलाई चिनेनन् र तिनीहरूले उनलाई जे मन लाग्‍यो, त्‍यही गरे अनि म मानव पुत्रलाई पनि तिनीहरूले त्‍यस्‍तै गरी मार्नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर म तिमीहरूलाई भन्‍दछु, ‘एलिया अघि नै आएका छन्, अनि मानिसहरूले तिनलाई चिनेनन्, तर तिनलाई तिनीहरूले मनमानी गरे। त्‍यसरी नै मानिसको पुत्रले पनि तिनीहरूका हातबाट कष्‍ट भोग्‍नुपर्नेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर म तिमीहरूलाई भन्दछु, एलिया आइसकेका छन्, र तिनीहरूले उनलाई चिन्‍न सकेनन्। तर उनलाई तिनीहरूले मनपरी व्यवहार गरे। सोही किसिमले मानिसको पुत्रले तिनीहरूका हातबाट कष्‍ट भोग्नेछ।”
Nepali ERV (पवित्र बाइबल)
तर म तिमीहरूलाई भन्दछु, एलिया अघिनै आइसकेका छन् तर तिनीहरू उनलाई चिन्दैनन्। उनलाई तिनीहरूले आफूले जे चाहे त्यही गरे। त्यसरी नै मानिसका पुत्रले पनि तिनीहरूका हातबाट यातना पाउने छन्।”
Nepali Tamang 2011
तर एनीगदेसे ङाला ताम ङ्‌यान्‍गो, तिग्‍दा भिसम एलिया खसी जिन्‍बा मुला। तसैनोन थेदा ङोआसेना म्‍हिगदेसे जे लइ म्‍हन्‍बा थेनोन लजी। थेह्रङ् लसीन परमेश्‍वरसे पुइखबा म्‍हिसेनोन थेनीगदेला याग्‍याम ल्‍हानान दुख नातोःबा मुला।”