Matthew 17:24 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू र उहाँका चेलाहरू कफर्नहुममा आइपुगेपछि मन्दिरको कर उठाउनेहरूले आएर पत्रुसलाई सोधे, “के तिमीहरूका गुरुले मन्दिरको कर बुझाउनुहुन्छ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब उहाँहरू कफर्नहुममा आउनुभयो, मन्दिरको कर उठाउनेहरूले पत्रुसकहाँ आएर भने, “के तिमीहरूका गुरुले तिरो तिर्दैनन्?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशू र उहाँका चेलाहरू कफर्नहुममा आएपछि मन्दिरको कर उठाउनेहरूले पत्रुसकहाँ आएर सोधे, “के तिमीहरूका गुरुले मन्दिरको कर तिर्दैनन्?”
Nepali ERV (पवित्र बाइबल)
येशू चेलाहरूलाई लिएर कफर्नहुममा जानुभयो। कफर्नहुममा केही मानिसहरू पत्रुसकहाँ आए। ती मानिसहरू दोहोरो महसूल उठाउनेहरू थिए। तिनीहरूले सोधे, ‘के तिमीहरूका गुरूले दोहोरो महसूल तिर्नु हुन्छ?”
Nepali Tamang 2011
येशू ह्राङला चेलागदेदेन छ्याम कफर्नहुम नाम्सारी फेप्खबा धुइरी परमेश्वरला मन्दिरला तिरो दुइबा म्हिगदे पत्रुस मुबा ग्लारी खसी, “एनीगदेला गुरुसे परमेश्वरला मन्दिरला तिरो फामुला कि आफामुला?” भिसी ङ्योइमा,