Matthew 17:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“बुझाउनुहुन्‍छ, किन नबुझाउने?” पत्रुसले जवाफ दिए। पत्रुस घरभित्र पसेपछि येशूले नै कुरा निकाल्‍नुभयो, “ए सिमोन, तिम्रो विचार के छ? यस संसारका राजाहरूले कसबाट कर उठाउँछन्? आफ्‍नै छोराहरूबाट उठाउँछन् कि अरूहरूबाट?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले भने, “हो, तिर्नुहुन्‍छ।” पत्रुस घरमा पसेपछि येशूले तिनलाई पहिले भन्‍नुभयो, “सिमोन, तिम्रो विचार के छ? पृथ्‍वीका राजाहरूले महसूल वा कर कोबाट उठाउँछन्‌? आफ्‍ना छोराहरूबाट कि अरूहरूबाट?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले जवाफ दिए, “हो, तिर्नुहुन्छ।” जब पत्रुस घरभित्र आए, येशूले पहिला सोधिहाल्नुभयो, “सिमोन तिम्रो के विचार छ, संसारका राजाहरूले आफ्नै छोराहरूबाट कर उठाउँछन् कि अरूबाट?”
Nepali ERV (पवित्र बाइबल)
पत्रुसले जवाफदिए, ‘हो, येशूले ती करहरू तिर्नुहुन्छ।” त्यसपछि पत्रुस येशू भएको घरमा गए। पत्रुसले केही बोल्न अधिनै, येशूले भन्नुभयो, “यो संसारमा राजाले मानिसहरूबाट विभिन्न प्रकारका करहरू प्राप्त गर्दछन्। तर महसूल तिर्ने मानिसहरू को हुन्? के तिनीहरू राजाका परिवारका मानिसहरू हुन्? अथवा ती अरू मानिसहरू हुन्? तिम्रो यस प्रति के भनाईछ?”
Nepali Tamang 2011
पत्रुससे “फामुला” भिसी भिजी। जमाहेन्‍से पत्रुस दिम न्‍हङ‍री वाङ्सी येशूदा पाङ्‌बारी छ्‌याइमा येशूसेन, “सिमोन, एला तिग सेम मुला? जम्‍बुलिङला ग्‍लेगदेसे ह्राङलान म्‍हिगदेग्‍याम तिरो दुइमुला कि स्‍य्‍हान्‍दो म्‍हिगदेग्‍याम दुइमुला?” भिसी ङ्‌योइजी।