Matthew 17:27 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तैपनि हामी यी मानिसहरूलाई ठेस नदिऔँ। तिमी जाऊ र तालमा जाल हान। सबभन्दा पहिले जालमा परेको माछो निकालेर त्यसको मुख खोल। त्यसको मुखमा तिमीले एक तोला चाँदीको पैसा भेट्टाउनेछौ। त्योचाहिँ मन्दिरको कर उठाउनेहरूकहाँ लगेर हामी दुईको कर बुझाऊ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनीहरू हामीबाट नचिढ़िऊन् भन्ने हेतुले, समुद्रमा गएर बल्छी हान, र पहिले परेको माछा ल्याऊ। त्यसको मुख खोल्दा तिमीले एउटा चाँदीको सिक्का पाउनेछौ। त्यो लगेर तिम्रो र मेरो निम्ति तिनीहरूलाई देऊ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तरै पनि तिनीहरू नचिढिऊन्, तिमी जाऊ र तालमा तिम्रो बल्छी हान। तिमीले पक्रेको पहिलो माछा लेऊ। त्यसको मुख खोल्दा तिमीले एउटा चाँदीको सिक्का पाउनेछौ। त्यो लगेर तिम्रा र मेरा निम्ति कर हो भनेर तिनीहरूलाई देऊ।”
Nepali ERV (पवित्र बाइबल)
तर हामी यी महसूल उठाउनेहरूलाई रीस उठाउन चाँहदैनौ। यसर्थ यसप्रकारले महसूल बुझाऊ। पोखरीमा जाऊ र माछा समात्न बल्छीहान। तिमीले समातेको पहिलो माछा लेऊ, त्यसको मुख खोल र तिमीले चार ड्रकमाको एउटा मुद्रा पाउनेछौ। त्यो मुद्रा महसूल उठाउनेहरूलाई देऊ। त्यसैबाट तिम्रो र मेरो महसूल चुक्ता हुनेछ।”
Nepali Tamang 2011
तसैनोन ए समुन्द्ररी निसी बल्छीसे तार्ङा साइसी भउ। एसे जम्मान भन्दा ङाच्छा साइबा तार्ङाला सुङरी च्यागो, एसे थेला सुङरी म्हुइला डबल गिक स्याप्ला। थे डबल भोर्सी य्हाङ न्हीला तिरो फागो। थेनीगदे य्हाङदेन छ्याम बोमो थाखगै।”