Matthew 17:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पत्रुसले यसरी कुरा गर्दागर्दै चहकिलो बादल आयो र त्‍यसको छायाँले उहाँहरूलाई ढाक्‍यो अनि बादलभित्रबाट यस्‍तो आवाज आयो, “यिनी मेरा प्‍यारा पुत्र हुन्, यिनीसँग म धेरै खुसी छु। यिनले भनेको तिमीहरूले मान।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनी बोल्‍दाबोल्‍दै, चम्‍किलो बादलले तिनीहरूलाई ढाकिहाल्‍यो, र त्‍यस बादलबाट एउटा आवाज आयो, “यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्‍न छु, यिनको कुरा सुन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनी बोल्दैगर्दा, एउटा चहकिलो बादलले तिनीहरूलाई ढाक्यो। अनि बादलबाट यसो भन्‍ने आवाज आयो, “यिनी मेरा पुत्र हुन्, जसलाई म प्रेम गर्छु: यिनीसित म अति प्रसन्‍न छु। यिनको कुरा सुन!”
Nepali ERV (पवित्र बाइबल)
जब पत्रुस कुरा गरिरहेका थिए, एक्कासि एक उज्यालो बादलले तिनीहरूलाई ढाकिहाल्यो। बादलबाट एउटा आवाज आयो। आवाज यस्तो थियो, “यी मेरा पुत्र हुन् अनि म यिनलाई प्रेम गर्दछु। म यिनीसित अति प्रसन्न छु। यिनको आज्ञा मान।”
Nepali Tamang 2011
थेसे थेह्रङ् पाङ्ना पाङ्नान तार तार्बा खसु खसी थेनीगदेदा घप्‍जी। थे खसु न्‍हङ‍ग्‍याम “चु ङाइ सेमहेन्‍से माया लबा ङाला झा हिन्‍ना, थेदा म्राङ्सी ङा ल्‍हानान ताङ्‍बा मुला। थेतबासेलमा एनीगदेसे चुसे भिबा ताम ङ्‌यान्‍गो” भिबा काइ थेःजी।