Matthew 18:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसलाई भेट्टाएपछि नबरालिएका उनान्सय भेडाहरूको लागि भन्दा पनि त्यो भेट्टाएको एउटै भेडाको लागि ऊ ज्यादै खुसी हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि उसले त्यसलाई भेट्टायो भने, साँच्चै म तिमीहरूलाई भन्दछु, ती भड्केर नजाने उनान्सयभन्दा त्यस एउटाको लागि ऊ बढ़ी रमाउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूलाई साँच्चै भन्दछु, उसले त्यो भेट्टाएपछि बाटो नबिराउने ती उनान्सयभन्दा त्यस एउटाप्रति ऊ आनन्दित हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
अनि जब उसले हराएको भेंडा भेट्टाउँछ तब ऊ आफूसित भएका 99 वटा भेंडामा भन्दा त्यो एउटा भेंडा पाएर रमाउनेछ। म तिमीहरूलाई साँचो भन्दछु।
Nepali Tamang 2011
च्यागो, ङाला ताम ङ्यान्गो, चुदे थे म्हिसे म्हाबा ग्यु स्याप्जी भिसम थे आम्हबा बोगल ब्लिसे च्युक कु ग्युगदेला लागिरी भन्दा थे स्याप्बा ग्यु गिकला लागिरी ल्हानान ताङ्ला।