Matthew 18:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यदि तिम्रो भाइले तिम्रो विरुद्धमा पाप गरेको छ भने उसलाई एक्लै गएर सम्झाऊ। उसले तिम्रो कुरा सुन्यो भने तिमीले उसलाई आफूपट्टि फर्काएको हुनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिम्रो भाइले तिम्रो विरुद्धमा अपराध गर्यो भने, गएर तिमीहरू दुई मात्र हुँदा त्यसको दोष देखाइदेऊ। त्यसले तिम्रो कुरा सुन्यो भने, तिम्रो भाइ आफ्नो भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यदि तिम्रो सहविश्वासीले तिम्रो विरुद्धमा पाप गर्यो भने सीधै तिमीले उसको गल्ती देखाइदेऊ। यदि उसले तिम्रो कुरा सुन्छ भने तिमीले उसलाई जित्यौ।
Nepali ERV (पवित्र बाइबल)
“यदि तिम्रा भाइ वा बहीनीले तिम्रो विरुद्धमा केही गल्ती गर्यो भने जब उ एकान्तमा हुन्छ तिमी उसकोमा जाऊ। अनि उसले के गल्ती गरेको छ भनेर सम्झाऊ। यदि त्यो मानिसले तिमीलाई सुन्न चाहे, भने उसलाई तिमीले आफ्नो गरायौ।
Nepali Tamang 2011
“चुदे परमेश्वरदा विश्वास लबा खालै म्हिसे एला बिरोध लसी आज्यबा गे लजी भिसम ए गिक जे थे मुबा ग्लारी निसी थेदा घोना लउ। चुदे एला ताम ङ्यान्सी थेसे ह्राङसे लबा आज्यबा गे ख्लाजी भिसम थे एला ह्रो तला।