Matthew 18:25 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर त्यो मानिससँग ऋण तिर्न पुग्ने पैसा थिएन। यसकारण ती राजाले ‘त्यसलाई भएभरको जेथा, स्वास्नी, छोरा-छोरी र आफैंलाई समेत बेचेर ऋण चुक्ता गर’ भन्ने हुकुम दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर त्यस मानिसले तिर्न नसक्दा त्यसका मालिकले त्यसलाई र त्यसका पत्नी र छोरा-छोरी र त्यसका सबै थोक बेची ऋण चुकाउने हुकुम दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उसले तिर्न नसकेको कारण त्यस मालिकले त्यो ऋण तिर्नका लागि त्यो मानिस, उसकी पत्नी, उसका बालबच्चाहरू र ऊसँग भएका सबै थोक बेचियोस् भन्ने हुकुम दिए।
Nepali ERV (पवित्र बाइबल)
त्यो नोकर आफ्नो ऋण तिर्न असमर्थ थियो। राजाले उसलाई, उसकी पत्नी, उसका नानीहरू अनि उसित भएका सबै कुरा बेचेर ऋण चुकाउनलाई आदेश गरे
Nepali Tamang 2011
तर थे नोकरसे छे फाबारी आखम्बासे लमा ग्लेसे थेदा, थेला म्रिङ, झा झामेदेन थेदेन छ्याम मुबा जम्मान स्हे चूङ्सी जम्मान टाङगा किन्गो” भिसी कुल्जी।