Matthew 18:28 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तब त्यो नोकर गयो र उसले आफैंसँग काम गर्ने अर्को साथीलाई भेट्यो। त्यो साथीले उसबाट एक सय चाँदीका सिक्का ऋण लिएको थियो। उसले झम्टेर त्यसको घोक्रो अठ्याउँदै भन्यो, ‘लौ, तैँले खाएको ऋण अहिले तिरिहाल्!’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर त्यस नोकरले निस्केर जाँदा आफ्नो सङ्गी-नोकरहरूमध्ये एक जनालाई भेट्यो, जो त्यसको एक सय चाँदीका सिक्काको ऋणी थियो। उसलाई घोक्रोमा पक्रेर त्यसले भन्यो, ‘तेरो ऋण तिरिहाल्।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर त्यो सेवक गयो, र ऊसँग काम गर्ने एउटा सेवकलाई भेट्टायो, जससित उसको एक सय चाँदीका सिक्का ऋण थियो। उसले त्यसलाई पक्रेर त्यसको घोक्रो अँठ्यायो अनि ‘मेरो ऋण तिरिहाल्’ भनेर माग गर्यो।
Nepali ERV (पवित्र बाइबल)
“केही समय पछि, त्यो नोकरले अर्को नोकरलाई भेट्टायो, जसले उसबाट एकसय चाँदीका सिक्क ऋण लिएको थियो। उसले त्यसको घोक्रो अँठयाएर भन्यो, ‘मेरो ऋण तुरन्तै तिरिहाल्।’
Nepali Tamang 2011
“जमाहेन्से थे नोकर निजी। निबान लमा थेसे ङाच्छा ग्यार्जा गिक म्हुइला डबल पिन्बा ह्रोदा स्याप्जी। जमाहेन्से थेसे ह्रोला खारेरी न्हेप्सी ‘ङाला टाङगा दान्देन भउ’ भिसी भिजी।