Matthew 18:35 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि येशूले चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरूले आफ्‍नो हृदयदेखि आफ्‍ना दाजुभाइलाई माफी दिएनौ भने स्‍वर्गमा हुनुहुने मेरो परमेश्‍वर पिताले पनि तिमीहरूलाई त्‍यस्‍तै गर्नुहुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमीहरूले आफ्‍नो भाइलाई आफ्‍नो हृदयदेखि क्षमा गरेनौ भने, स्‍वर्गमा हुनुहुने मेरा पिताले पनि तिमीहरूसँग त्‍यसै गर्नुहुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिमीहरूले पनि आफ्ना सहविश्‍वासीलाई हृदयदेखि क्षमा गरेनौ भने स्वर्गमा हुनुहुने मेरा पिताले पनि तिमीहरूप्रति यस्तै व्यवहार गर्नुहुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
“राजाले पनि स्वर्गमा भएका मेरा पिताले जे गर्नुहुन्छ त्यही गर्यो यदि तिमीहरू प्रत्येकले आफ्ना भाइ-बहिनीहरूलाई आफ्ना हृदयले क्षमा गरेनौ भने मेरो स्वर्गको पिताले पनि तिमीहरूलाई क्षमा दिनुहुने छैन।”
Nepali Tamang 2011
“थेह्रङ् लसीन एनीगदेसेनोन परमेश्‍वरदा विश्‍वास लबा खालै म्‍हिदा सेमहेन्‍सेन माफ आलनी भिसम स्‍वर्गरी धन्‍छ्‌याबा ङाला आबासेनोन एनीगदेदा थेह्रङ्नोन लला।”