Matthew 18:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यदि कसैले ममाथि विश्‍वास गर्ने यस्‍ता सानाहरूको विश्‍वासलाई बिगार्छ भने त्‍यसलाई त बरु घिच्रोमा जाँतो झुण्‍ड्याएर गहिरो समुद्रमा डुबाइदिनु नै बेस हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर जसले ममाथि विश्‍वास गर्ने यी सानाहरूमध्‍ये एक जनालाई पाप गर्न लाउँछ, बरु त्‍यसको गलामा ठूलो जाँतोको ढुङ्गा बाँधेर त्‍यसलाई गहिरो समुद्रमा डुबाइदिनु असल हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यदि कसैले ममाथि विश्‍वास गर्ने यी सानाहरूमध्ये एक जनालाई पनि पाप गर्न लगाउँछ भने त्यसलाई त एउटा ठूलो जाँतो घाँटीमा बाँधेर समुद्रको गहिराइमा डुबाइएको भए असल हुनेथियो।
Nepali ERV (पवित्र बाइबल)
‘यदि एउटा सानो बालकले ममाथि विश्वास राख्छ भने, अनि कसैले त्यो बालकलाई पापमा पार्छ भने त्यस मानिसको लागी अति नराम्रो हुनेछ। त्यसको निम्ति त घाँटीमा एउटा ठूलो जाँतो झुण्डयाएर स्वयंलाई अगाध समुद्रमा डुबाइदिनु असल हुनेछ।
Nepali Tamang 2011
“तर जुन म्‍हिसे ङादा विश्‍वास लबा चु कोलागदे न्‍हङला गिकदा पाप लपुङ्ला, थेह्रङ्बा म्‍हिदा मी खारेरी ह्रान्‍दा च्‍योसी समुन्‍द्ररी डुबब लबान ज्‍यबा तला।