Matthew 18:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धिक्‍कार यस संसारलाई! किनभने यस संसारमा त मानिसहरूलाई पापमा फसाउने कुराहरू छन्। यस्‍ता कुराहरू आइपर्दछन् नै, तर धिक्‍कार, त्‍यस मानिसलाई जसले अरूलाई पापमा फसाउँदछ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“पाप गर्न लाउने परीक्षाहरूका निम्‍ति यस संसारलाई धिक्‍कार! पाप गर्न लाउने परीक्षा त आउँछ नै, तर धिक्‍कार, त्‍यस मानिसलाई जसद्वारा पाप गर्न लाउने परीक्षा आउँछ!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पाप गर्न लगाउने कुराहरूको लागि यस संसारलाई धिक्‍कार! किनभने यस्ता कुराहरू अवश्य आउँछन्; तर धिक्‍कार त्यस मानिसलाई, जसद्वारा ती आउँछन्!
Nepali ERV (पवित्र बाइबल)
जुन कारणले मानिसहरूलाई पाप गराउँछ यस संसारमा म ती मानिसहरूको निम्ति दुख मान्छु। यस्तो घटना हुनैपर्छ। तर यस्तो गर्ने मानिसहरूलाई कहिल्यै राम्रो हुनेछैन।
Nepali Tamang 2011
चु जम्‍बुलिङरी म्‍हिगदेदा पाप लपुङ्बा स्‍हेगदे मुला। थेतबासेलमा चु जम्‍बुलिङला म्‍हिगदेसे परमेश्‍वरग्‍याम सजाय याङ्ला। पाप लपुङ्बा स्‍हेगदे मी मुनोन मुला, तसैनोन जुन म्‍हिसे स्‍य्‍हान्‍दोदा पाप लपुङ्ला थे परमेश्‍वरग्‍याम सजाय याङ्बा म्‍हि हिन्‍ना।