Matthew 18:8 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यदि तिम्रो हात वा खुट्टाले तिमीलाई पापमा पार्छ भने त्यसलाई काटेर मिल्काइदेओ। दुवै हात-खुट्टा लिएर कहिल्यै ननिभ्ने आगोमा पर्नुभन्दा त बरु डुँडे र खोरण्डो भएर अजम्मरी जीवन पाउनु नै बेस हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिम्रो हात वा खुट्टाले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई काटी मिल्काइदेऊ। दुवै हात वा दुवै खुट्टासाथ अनन्त आगोमा फालिनुभन्दा त बरु लुलो वा लङ्गडो भएर जीवनभित्र पस्नु तिम्रो निम्ति असल हुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका हात वा खुट्टाले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर फालिदेओ। दुई हात अथवा दुई खुट्टा लिएर अनन्तको आगोमा फालिनुभन्दा त अपाङ्ग वा लङ्गडो भएर जीवनमा प्रवेश गर्नु तिमीहरूलाई असल हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
यदि तिम्रो हात वा खुट्टाले तिमीलाई पाप गर्नलाउँछ भने त्यसलाई काटेर फालिदेऊ। दुइहात वा खुट्टा सहित निरन्तर नरकको आगोमा जल्नुभन्दा त बरू शरीरको एउटा अंग गुमाएर सधैं भरि बाँच्नु असल हो।
Nepali Tamang 2011
“एला यादेन काङरी खजिबासे चा एदा पाप लपुङ्ला थे थासी भ्याङ्गो। तिग्दा भिसम या काङ मुसी खाइमै आसिबा मेरी निबा भन्दा मी बरु ठुडे तसी जुकजुकधोनाला जुनी याङ्बा चा एला लागिरी ज्यबा तला।