Matthew 18:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि त्यसै गरी तिम्रा आँखाले तिमीलाई पापमा पार्छ भने त्यसलाई पनि झिकेर मिल्काइदेओ। दुईटा आँखा लिएर नरकको आगोमा पर्नुभन्दा त बरु कानो भएर अजम्मरी जीवन पाउनु नै बेस हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिम्रो आँखाले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई निकालेर फालिदेऊ। दुवै आँखासाथ नरकको आगोमा फालिनुभन्दा त बरु कानो भएर जीवनभित्र पस्नु तिम्रो निम्ति असल हुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि यदि तिमीहरूका आँखाले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई निकालेर फालिदेओ। दुई आँखाहरू लिएर नरकको आगोमा फालिनुभन्दा त एउटा आँखा लिएर जीवनमा प्रवेश गर्नु तिमीहरूलाई असल हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
यदि तिम्रा आँखाले तिमीलाई पापगर्न लाउँछ भने त्यसलाई निकालेर फालिदेऊ। दुइवटा आँखा भएर सधैं भरिलाई नरकको अग्निमा फसिनूभन्दा त एउटा आँखा लिएर जीवनमा प्रवेश गर्नु तिम्रो निम्ति असल हुनेछ।
Nepali Tamang 2011
एला मीसे एदा पाप लपुङ्जी भिसम तेःसी भ्याङ्गो। तिग्दा भिसम मी न्हीनोन मुसी नर्गरी खाइमै आसिबा मेरी निबा भन्दा मी बरु काना तसी जुकजुकधोनाला जुनी याङ्बा चा एदा ज्यबा तला।