Matthew 19:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बिहे नगर्ने बेग्‍लाबेग्‍लै कारणहरू हुन्‍छन् किनभने कति त जन्‍मैदेखि नपुंसक हुन्‍छन्, कसैलाई अरू मानिसले नपुंसक बनाइदिएका हुन्‍छन् अनि कतिचाहिँ परमेश्‍वरको राज्‍यको लागि बिहे नगर्ने पनि हुन्‍छन्। अब मान्‍न सक्‍नेले चाहिँ यो कुरा मानोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि कोही जन्‍मँदै नपुंसक हुन्‍छन्, कतिचाहिँ मानिसले बनाएका नपुंसक हुन्‍छन्‌। कतिचाहिँ आफैले आफैलाई स्‍वर्ग-राज्‍यको निम्‍ति नपुंसक बनाउँछन्‌। जसले यो ग्रहण गर्न सक्‍छ, त्‍यसले त्‍यो ग्रहण गरोस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि कोही त जन्मदेखि नै नपुंसक हुन्छन्: अरूलाईचाहिँ मानिसहरूले त्यस्ता बनाए। अनि अरूचाहिँ स्वर्गको राज्यको लागि नपुंसक नै भएर रहन चाहन्छन्। जसले यो स्वीकार गर्न सक्छ, त्यसले गरोस्।”
Nepali ERV (पवित्र बाइबल)
कोही मानिसहरूले किन विवाह गर्न सक्दैन भन्ने बारेमा विभिन्न कारणहरू छन्। तिनीहरूमध्ये कोही सन्तान जन्माउने क्षमता भएका हुन सक्छन् कोही मानिसहरूलाई, अरू मानिसहरूले केही समय पछि त्यस्तो गराएको हुन्छ। कोही अरू स्वर्गको राज्यको निम्ति विवाह अस्वीकार गर्छन्। तर विवाह गर्नेले विवाह सम्बन्धी यो शिक्षा मान्नु पर्दछ।’
Nepali Tamang 2011
तिग्‍दा भिसम कोइ न्‍हमान नपुंसक न्‍हमुला, कोइ म्‍हिदा चा स्‍य्‍हान्‍दो म्‍हिसे नपुंसक स्‍होसी थान्‍मुला। ओच्‍छे कोइ म्‍हि चा स्‍वर्गला य्‍हुल्‍साला गे लबारी नपुंसक ह्रङ् लसीन ब्‍याह आलना चिमुला। जुन म्‍हि चुह्रङ् लसी चिखम्‍ला, थे म्‍हि जे चुह्रङ् लसी चिउ” भिसी सुङ्जी।