Matthew 19:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले जवाफ दिनुभयो, “असल कामको बारेमा तिमी किन मलाई सोध्‍छौ? असल त एउटै मात्र हुनुहुन्‍छ। तिमीले अजम्‍मरी जीवन पाउन चाहन्‍छौ भने परमेश्‍वरकै व्यवस्था पालन गर।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनलाई भन्‍नुभयो, “असल के हो त्‍यस विषयमा तिमी मलाई किन सोध्‍दछौ? असल त एउटै मात्र हुनुहुन्‍छ। तर तिमी जीवनमा प्रवेश गर्न इच्‍छा गर्दछौ भने, आज्ञाहरू पालन गर।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले जवाफ दिनुभयो, “असल के हो भनी तिमी मलाई किन सोध्छौ? असल त एक जना मात्र हुनुहुन्छ। यदि तिमी जीवनमा प्रवेश गर्न चाहन्छौ भने आज्ञाहरू पालन गर।”
Nepali ERV (पवित्र बाइबल)
येशूले जवाफ दिनूभयो, “असल के हो? मलाई किन यसरी सोध्दैछौ? परमेश्वर मात्र असल हुनुहुन्छ। यदि तिमी अनन्त जीवन पाउन चाहन्छौ भने, तिमीले आज्ञाहरू पालन गर्नु पर्दछ।”
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे थेदा “एसे ङादा ज्‍यबा तिग हिन्‍ना भिसी तिग्‍दा ङ्‌योइबा? च्‍यागो, ज्‍यबा मी परमेश्‍वर जे मुला। थेतबासेलमा एदा जुकजुकधोनाला जुनी याङ्बा सेम मुसम परमेश्‍वरसे कुल्‍बा अन्‍छार भ्रउ” भिसी सुङ्जी।