Matthew 19:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले तिनलाई भन्नुभयो, “तिमी साँच्चै ठीक हुन खोज्छौ भने गएर भएभरको सम्पत्ति बेचेर आएको पैसा गरीबहरूलाई देऊ र तिमीले स्वर्गीय धन पाउनेछौ अनि आएर मेरो पछि लाग।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनलाई भन्नुभयो, “तिमी सिद्ध हुन चाहन्छौ भने, गएर तिमीसित भएका सबै बेचेर दरिद्रहरूलाई देऊ, र तिमीले स्वर्गमा धन प्राप्त गर्नेछौ, अनि आएर मपछि लाग।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले उत्तर दिनुभयो, “यदि तिमी सिद्ध हुने इच्छा गर्छौ भने जाऊ, आफ्ना सबै थोक बेचेर गरिबहरूलाई देऊ; अनि तिमीले स्वर्गमा धनसम्पत्ति पाउनेछौ। त्यसपछि आऊ, मेरो पछि लाग।”
Nepali ERV (पवित्र बाइबल)
येशूले भन्नुभयो, “यदि तिमी सिद्ध हुन चाहन्छौ भने, आफूमा भएको जे जति चीजहरू छन् त्यो बीक्री गर। त्यसबाट आएको पैसा-रूपीयाँ गरीबाहरूलाई बाँढ। तिमीले त्यसो गर्यौ भने तिमीले स्वर्गमा भएको सम्पत्ति प्राप्त गर्नेछौ। तब तिमी आएर मेरो पछि लाग।”
Nepali Tamang 2011
जमाहेन्से येशूसे थेदा “चुदे ए परमेश्वरदा सेम निबा म्हि दोबा हिन्सम एदेन छ्याम मुबा जम्मान धन सम्पत्ति चूङ्सी प्राङबोगदेदा भो लसी पिन्गो। एसे स्वर्गरी धन सम्पत्ति याङ्ला, ओच्छे ङादेन छ्याम भ्रउ।” भिसी सुङ्जी।