Matthew 19:28 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, मानव पुत्र त्‍यस नयाँ राज्‍यमा आफ्‍नो जगमगाउँदो राजसिंहासनमा बस्‍नेछ। त्‍यस बेला मलाई पछ्याउने तिमीहरू पनि आफ्‍ना बाह्रवटा सिंहासनमा बस्‍नेछौ र इस्राएलका बाह्र कुलको न्‍याय गर्नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरू जो मेरो पछि लागेका छौ, नयाँ सृष्‍टिमा जब मानिसको पुत्र आफ्‍नो महिमाको सिंहासनमा बस्‍नेछ, तब तिमीहरू पनि बाह्र सिंहासनमा बस्‍नेछौ, र इस्राएलका बाह्र कुलमाथि इन्‍साफ गर्नेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, सबै कुरा नयाँ तुल्याइसकेपछि, जब मानिसको पुत्र आफ्नो महिमाको सिंहासनमा विराजमान हुनेछ; तिमीहरू पनि जसले उसलाई पछ्याएका छौ, इस्राएलका बाह्र कुलका न्याय गर्दै बाह्र वटा सिंहासनहरूमा बस्‍नेछौ।
Nepali ERV (पवित्र बाइबल)
येशूले चेलाहरूलाई भन्नुभयो, ‘म तिमीहरूलाई साँचो भन्दछु। जब नयाँ संसारको सृष्टि हुनेछ, मानिसको पुत्र त्यो महान सिंहासनमा बस्नेछ। अनि तिमीहरू पनि इस्राएलका बाह्र कुलमाथि इन्साफ गर्दै बाह्रवटा सिंहासनहरूमा बस्नेछौ।
Nepali Tamang 2011
येशूसे थेनीगदेदा चुह्रङ् भिसी सुङ्जी, “एनीगदेसे ङाला ताम ङ्‌यान्‍गो, परमेश्‍वरसे छार जम्‍बुलिङ स्‍होमा परमेश्‍वरसे पुइखबा म्‍हि य्‍हाल य्‍हाल्‍बा शक्तिशाली ठिरी चिबा धुइरी एनीगदे ङादेन छ्‌याम भ्रबागदेएनोन ह्राङला च्‍युक न्‍ही ठिरी चिला। ओच्‍छे इस्राएलला च्‍युक न्‍ही वंशला निसाफ लला।