Matthew 19:29 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो लागि आफ्नो घरबार, दाजुभाइ, दिदी-बहिनी, आमा-बुबा, छोरा-छोरी, जग्गा-जमिन त्याग्नेहरूले योभन्दा सय गुणा बढी र अजम्मरी जीवनसमेत पाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हरेक जसले मेरो नाउँको खातिर घर, दाजुभाइ वा दिदी-बहिनी अथवा बुबा वा आमा वा छोरा-छोरी वा जग्गाजमिन छोड़ेको छ, त्यसले सय गुणा पाउनेछ, र अनन्त जीवनको अधिकार पाउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि जसले मेरा निम्ति घर, दाजुभाइ, दिदीबहिनीहरू, बुबाआमा, बालबच्चा र जग्गाजमिन छोडेको छ, त्यसले त्यसको सय गुणा र अनन्त जीवन पाउनेछ।
Nepali ERV (पवित्र बाइबल)
अनि ती जस-जसले मेरो निम्ति आफ्नो घर, दाज्यू-भाइ, दिदी-बहिनी, बाबु-आमा, छोरा-छोरीहरू, अनि जग्गा-जमीनहरू छोडेका छन् तिनीहरूले छोडेको भन्दा धेरै पाउनेछन्। तिनीहरूले अनन्त जीवन पाउनेछन्।
Nepali Tamang 2011
थेह्रङ् लसीन जुन म्हिसे ङाला लागिरी ह्राङला दिमनाम, ज्योज्यो आले, नाना आङा, आबा आमादेन झा झामे ख्लाला, थेसे थे भन्दा दोब्बर, तेब्बर, चौबरधोना याङ्ला। ओच्छे जुकजुकधोनाला जुनी याङ्बा अधिकार याङ्ला” भिसी सुङ्जी।