Matthew 2:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस घरमा पुगेपछि तिनीहरू भित्र पसे र बालकलाई आमा मरियमको साथमा देखे। अनि तिनीहरूले उहाँको पाउमा परी दर्शन गरे र आ-आफ्ना पोकाबाट सुन, धूप र धेरै दामी अत्तर निकालेर चढाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि घरभित्र पसेर तिनीहरूले बालकलाई उहाँकी आमा मरियमको साथमा देखे, र घोप्टो परेर उहाँलाई दण्डवत् गरे। तब आफ्ना कन्तुर खोलेर उहाँलाई सुन, सुगन्धित धूप र मूर्रका भेटी चढ़ाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
घरभित्र आइपुगेपछि तिनीहरूले बालकलाई आफ्नी आमा मरियमको साथमा देखे। अनि तिनीहरूले घोप्टो परेर उहाँलाई दण्डवत् गरे। तब तिनीहरूले आफ्ना कन्तुर खोलेर उहाँलाई सुन, सुगन्धित धूप र मूर्रका भेटी चढाए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू बालक भएको घरभित्र गए। त्यहाँ सानो बालकलाई आफ्नो आमा मरियमसंग देखें। तिनीहरूले शिर झुकाएर बालकलाई दण्डवत र आराधाना गरे। बालकलाई ल्याइदिएका उपहारहरू तिनीहरूले खोले र उनलाई सुन, धूप र मूर्रका भेटी झुकाएर चढाए।
Nepali Tamang 2011
दिम न्हङरी वाङ्मा थेनीगदेसे लैनु येशूदा थेला आमा मरियमदेन छ्याम म्राङ्जी, जमाहेन्से थेनीगदेसे येशूदा फ्या लसी ह्राङ ह्राङला बाकस ठोङ्सी म्हर, ज्यबा बास्ना खबा धूपदेन मूर्र भिबा महँगो अत्तर भसी फुल्जी।