Matthew 2:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती ज्‍योतिषीहरू गइसकेपछि योसेफले सपनामा प्रभु परमेश्‍वरका स्‍वर्गदूतलाई देखे र स्‍वर्गदूतले उनलाई भने, “तुरुन्‍तै आमा-छोरालाई लिएर मिश्रदेशतिर गइहाल। अनि मैले फर्केर आउनू नभनुञ्‍जेल तिमीहरू त्‍यहीँ नै बस्‍नू किनभने हेरोदले बालकलाई मार्ने विचार गरिरहेको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू गएपछि, परमप्रभुका एउटा दूत सपनामा योसेफकहाँ देखा परे र तिनले यसो भने, “उठ, साना बालक र उहाँकी आमालाई साथ लिई मिश्रदेशमा भागिहाल, र तिमीलाई मैले नभनेसम्‍म त्‍यहीँ बस। किनकि, हेरोदले बालकलाई मार्न उहाँको खोजी गर्न लागेको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनीहरू गइसकेपछि प्रभुका एउटा दूत सपनामा योसेफकहाँ देखा परेर भने, “उठ, बालक र तिनकी आमालाई लिएर इजिप्टमा भागिहाल। मैले फेरि केही नभनुन्जेल त्यहीँ बस। किनकि हेरोदले बालकलाई मार्नका लागि खोज्नेछ।”
Nepali ERV (पवित्र बाइबल)
ज्योतिषीहरू गएपछि, परमप्रभुको एउटा दूत सपनामा यूसुफकहाँ देखा परे। दूतले भने, “उठ, साना बालक र उहाँकी आमालाई साथमा लिएर मिश्रदेशमा जाऊ। हेरोदले साना बालकहरूलाई खोज्न लागिरहेकोछ। उसले सानो बालकलाई मार्न चाहन्छ। मैले नभनेसम्म तिमी त्यहीं बस्नु।”
Nepali Tamang 2011
ज्‍योतिषीगदे निमाहेन्‍से, परमप्रभुला दूत गिक म्‍हाङरी योसेफ मुबा ग्‍लारी खजी, ओच्‍छे थेसे योसेफदा “योसेफ, ए रेःसी लैनु कोलादेन थेला आमादा भोर्सी मिश्र य्‍हुल्‍सारी निउ। ओच्‍छे ङाइ एदा दोःसी खउ भिसी आपाङ्तेधोना एनीगदे थेरीन चिउ। तिग्‍दा भिसम हेरोदसे लैनु कोलादा साइबारी म्‍हाइबा मुला” भिसी भिजी।