Matthew 2:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि हेरोद नमरुञ्जेल तिनीहरू त्यहीँ नै बसे। यसरी परमप्रभुले अगमवक्तालाई भन्न लाउनुभएको यो कुरा पूरा हुन आएको हो— “मैले मिश्रदेशबाट आफ्नो छोरालाई बोलाएँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र हेरोदको मृत्यु नहोउञ्जेल त्यहीँ बसे। अगमवक्ताद्वारा परमप्रभुले भन्नुभएको वचन यसरी पूरा भयो, “मैले आफ्ना पुत्रलाई मिश्रदेशबाट बोलाएँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जहाँ तिनीहरू हेरोदको मृत्यु नहोउन्जेलसम्म रहे। अनि यसरी परमेश्वरले आफ्ना अगमवक्ताद्वारा भन्नुभएको वचन पूरा भयो: “मैले आफ्नो पुत्रलाई इजिप्टबाट बोलाएँ।”
Nepali ERV (पवित्र बाइबल)
हेरोदको मृत्यु नभएसम्म यूसुफ मिश्रदेशमा नै बसे अगमवक्ताद्वारा परमेश्वरले भन्नु भएको वचन यसरी पूरा भयो। परमेश्वरले भन्नुभयो, “मैले आफ्नो पुत्रलाई मिश्र देशबाट बोलाएँ।”
Nepali Tamang 2011
ओच्छे हेरोद आसितेधोना थेनीगदे थेरीन चिजी। चुह्रङ् लसी परमप्रभुसे अगमवक्ताग्याम “ङाइ ङाला झादा मिश्र य्हुल्साग्याम ङ्योइबा मुला” भिसी सुङ्बा बचन पूरा तबारी हिन्ना।