Matthew 2:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर हेरोदको छोरा अर्खिलाउस यहूदियाका राजा भएका छन् भन्‍ने सुनेर योसेफलाई त्‍यहाँ जान डर लाग्‍यो। अनि फेरि परमेश्‍वरबाट सपनामा चेतावनी पाएर उनीहरू गालील गए
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यहूदियामा आफ्‍ना बुबा हेरोदको ठाउँमा अर्खिलाउसले राज्‍य गरिरहेका छन्‌ भन्‍ने सुनेर तिनी त्‍यता जान डराए, र सपनामा चेताउनी पाएर तिनी गालीलको प्रदेशमा गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जब तिनले हेरोदको ठाउँमा तिनका छोरा अर्खिलाउसले यहूदियामा राज्य गर्दैछन् भन्‍ने सुने, तब तिनी त्यहाँ जान डराए। तब सपनामा चेतावनी पाएर तिनी गालीलको इलाकामा गए।
Nepali ERV (पवित्र बाइबल)
तर यूसुफले यहूदियामा त्यसबेला अर्खिलाउस राजा भएको कुरो सुने। आफ्ना बाबु हेरोदको मृत्युपछि अर्खिलाउस राजा भए। यसकारण यूसुफ त्यहाँ जान डराए। सपनामा पनि तिनलाई चेताउनी भयो। त्यसपछि तिनले त्यो ठाउँ छाडे अनि गालीलको इलाकामा गए।
Nepali Tamang 2011
तर यहूदियारी हेरोदला झा अर्खिलाउस ग्‍ले दोबा मुला भिबा थेःसी थेनीगदे थेरी निबारी लोङ्जी। थेतबासेलमा दोःसी परमेश्‍वरसे थेदा म्‍हाङरी पाङ्बा अन्‍छार गालील अञ्‍चलला नासरत भिबा नाम्‍सारी निसी चिजी। चुह्रङ् लसी “थेदा नासरी भिला” भिसी अगमवक्तागदेग्‍याम पाङ्बा ताम पूरा तजी।