Matthew 20:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस बेला सबभन्दा पहिले काममा लाग्‍नेहरूले चाहिँ धेरै पाइन्‍छ होला भनेर विचार गरे। तर तिनीहरूले पनि चाँदीको एकएक सिक्‍का मात्रै पाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब पहिला ज्‍यालामा लागेकाहरू आए, तब तिनीहरूले बढ्‌ता नै पाउँला भन्‍ने विचार गरे, तर तिनीहरू हरेकले पनि एक दिनको ज्‍याला पाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तसर्थ जब ती पहिला काममा लगाइएकाहरू आए, तब तिनीहरूले बढी पाउने आशा राखेका थिए; तर तिनीहरू हरेकले पनि एक-एक दिनार नै ज्याला पाए।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि पहिले ल्याएका खेतालाहरूले आफ्ना खर्च पाए। तिनीहरूले पहिले पाएका खेतालाहरू भन्दा बढता ज्याला पाउने आशा गरेका थिए। तर तिनीहरूले पनि अरूलेपनि अरूले जस्तै एक-एकवटा चाँदीको सिक्का मात्र पाए।
Nepali Tamang 2011
पाँच बजेरी खबागदेदा धिन गिकला ज्‍याला पिन्‍बा म्राङ्सी स्‍य्‍होरी जम्‍मान भन्‍दा ङाच्‍छा खसी गे लबागदेसे चा य्‍हाङसे मी थे भन्‍दा ल्‍हानान याङ्ला तला भिसी म्‍हन्‍जी। तर थेनीगदेसेनोन धिन गिकला ज्‍याला जे याङ्जी।