Matthew 20:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले भने, ‘हेर्नुहोस्, यी पछि आउने मानिसहरूले त एक घण्टा मात्र काम गरे, हामीले त दिनभरि चर्को घाममा काम गर्यौं। तर तपाईंले त तिनीहरूलाई पनि हामीलाई जति नै ज्याला दिनुभयो!’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू भन्न लागे, ‘यी पछिल्लाहरूले एक घण्टा मात्र काम गरे, तर तपाईंले तिनीहरूलाई हामी दिनभरिको भार बोक्नेहरू र चर्को गर्मी सहनेहरूसरह तुल्याउनुभएको छ।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू गएर यसो भने, ‘यी पछि आएका काममा लगाइएका मानिसहरूले त एक घण्टाजति मात्र काम गरेका छन्, तर हामीले दिनभरि काम गरेका छौँ, र दिनको चर्को घाम सहेका छौँ। तर तपाईंले हामीसित तिनीहरूलाई बराबर तुल्याउनुभएको छ।’
Nepali ERV (पवित्र बाइबल)
खेतालाहरूले विरोध गरे, पछि आएकाहरूले एक घण्टा मात्र काम गरेका छन्। तर तिनीहरूलाई पनि हामीलाई जस्तै एउटा चाँदीको सिक्का दिइयो। अनि हामीले भने दिन भरि प्रचण्ड घाममा काम गरेका छौं।’
Nepali Tamang 2011
‘लिच्छा खसी घण्टा गिक जे गे लबा चुगदेदा ङनी स्य्होहेन्से धिन गिकनोन छेप्बा छबा नासी गे लबागदेदा तेनोन तिग्दा ह्राङसे ज्याला पिन्बा’ भिसी थेनीगदेसे भिजी,