Matthew 20:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर धनीले तिनीहरूमध्‍ये एक जनालाई जवाफ दिँदै भने, ‘हेर बुबा, मैले तिमीलाई अन्‍याय गरेको छैन। तिमी त चाँदीको एक सिक्‍कामा दिनभरि काम गर्न मन्‍जुर भएका होइनौ र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर उसले तिनीहरूमध्‍ये एक जनालाई जवाफ दियो, “मित्र, मैले तिमीमाथि केही अन्‍याय गरेको छैनँ। के तिमीले मसँग पूरा एक दिनको ज्‍यालामा काम गर्ने कबूल गरेका होइनौ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर उसले तिनीहरूमध्ये एक जनालाई जवाफ दियो, ‘मित्र, मैले तिमीमाथि केही अन्याय गरेको छैनँ। के तिमी दिनको एक दिनारको हिसाबले काम गर्न राजी भएका थिएनौ र?
Nepali ERV (पवित्र बाइबल)
“तर जमीनको मालिकले, खेतालाहरूमध्ये एकजनालाई भन्यो, ‘साथी, मैले तिमीलाई अन्याय गरेको छैन। एउटा चाँदीको सिक्कामा नै काम गर्न मसित तिमीहरू मानेको थियौ। होइन?
Nepali Tamang 2011
“तर थे अङगुर म्राङ्ला दोप्‍तासे थेनीगदे न्‍हङला म्‍हि गिकदा चुह्रङ् भिसी जोहाब पिन्‍जी, ‘च्‍यागो, एनीगदेदा ङाइ तिगै अन्‍याय लबा आरे। ङाइ धिन गिकला ज्‍याला पिन्‍ना भिमा एसेन तला भिसी गे लबा आहिन?