Matthew 20:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि अरू जातिका मानिसहरूको जिम्‍मा लगाउनेछन्। तिनीहरूले उसलाई गिल्‍ला गर्नेछन्, कोर्रा लाउनेछन् अनि क्रूसमा झुण्‍ड्याएर मार्नेछन्। तर तेस्रो दिनमा ऊ फेरि मरेकोबाट बिउँतनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उसलाई गिल्‍ला गर्न, कोर्रा लाउन, र क्रूसमा टाँग्‍न भनी तिनीहरूले उसलाई अन्‍यजातिहरूका हातमा सुम्‍पनेछन्, र तेस्रो दिनमा ऊ जीवित भई उठ्‌नेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि उसलाई गैरयहूदीहरूका हातमा गिल्‍ला गर्न, कोर्रा लगाउन र क्रूसमा चढाउनको लागि दिनेछन्; अनि ऊ तेस्रो दिनमा फेरि जीवित भई उठ्नेछ!”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले मानिसको पुत्रलाई गैर-यहूदीहरूका हातमा सुम्पनेछन्। तिनीहरूले उसलाई गाली गर्नेछन्, कोर्रा लाउनेछन् क्रूसमा झुण्ड्याएर मार्नेछन्। तर मरेको तेस्रो दिनमा उ बौरी उठ्नेछ।”
Nepali Tamang 2011
ओच्‍छे थेदा अर्गु य्‍हुलला म्‍हिगदेला यारी जिम्‍मा पिन्‍ना। जमाहेन्‍से थेनीगदेसे थेदा खिसी लबान कोर्रासे तोबा ग्‍याङ्‍बा लसी क्रुसरी टाँगब लसी साइला। तर थेदा सोमरेमाकुनु सिबाग्‍याम सोना लला।”