Matthew 20:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले तिनलाई सोध्नुभयो, “भन त, के चाहन्छौ?” तिनले भनिन्, “बिन्ती छ, हजुर राजा हुनुहुँदा मेरा यी दुई छोरा हजुरको दाहिने र देब्रेपट्टि बस्न पाऊन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनलाई सोध्नुभयो, “तिमी के चाहन्छ्यौ?” तिनले उहाँलाई भनिन्, “आज्ञा गर्नुहोस् र तपाईंको राज्यमा, मेरा यी दुई छोराहरूमध्ये एउटा तपाईंको दाहिने हातपट्टि, र अर्को तपाईंको देब्रे हातपट्टि बस्न पाऊन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले सोध्नुभयो, “तिमी के चाहन्छ्यौ?” उनले उहाँलाई भनिन्, “तपाईंको राज्यमा मेरा यी दुई छोराहरूमध्ये एउटा तपाईंको दाहिनेतिर, र अर्कोचाहिँ देब्रेतिर बस्न पाउने मन्जुरी दिनुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
येशूले सोध्नुभयो, “तिमी के चाहन्छौ?” उनले भनिन्, “तपाईंको राज्यमा यी मेरा छोराहरूमध्ये एकजनालाई तपाईंको दहिनेहातपटि र अर्कोलाई तपाईंको देब्रे हातपट्टि बस्न पाउन प्रतिज्ञा गर्नुहोस्।”
Nepali Tamang 2011
जमाहेन्से येशूसे थेदा “एदा तिग तोःबा?” भिसी सुङ्मा, थेसे येशूदा “ह्राङसे शासन लबा धुइरी ङाला झा न्हीदा गिकदा ह्राङला दाहिनेपट्टि गिकदा देब्रेपट्टि चिपुङ्ला भिसी सुङ्गो” भिसी भिजी।