Matthew 20:23 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब येशूले भन्नुभयो, “हो, मैले पिउने घुट्को तिमीहरू पनि पिउनेछौ। तर मेरो दाहिने र देब्रेपट्टि बस्नचाहिँ मैले दिने कुरा होइन। यी ठाउँहरू त मेरा पिताले जसको लागि तयार पार्नुभएको छ, उसलाई नै दिनुहुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले भन्नुभयो, “मेरो कचौरा तिमीहरू पिउनेछौ, तर मेरो दाहिने र देब्रेपट्टि बस्न दिने कुरो मेरो हातमा छैन। यी स्थान तिनीहरूका हुन्, जसका निम्ति मेरा पिताले तयार गरिसक्नुभएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले अवश्य मेरो कचौराबाट पिउनेछौ, तर मेरो दाहिने अथवा देब्रेतिर बस्नदिने अधिकारचाहिँ मेरो होइन। यी ठाउँहरू तिनीहरूका लागि हुन्, जसका निम्ति मेरा पिताले तयार गरिसक्नुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
येशूले तिनीहरूलाई भन्नुभयो, “निश्चयनै मैले जुन यातना भोग्ने छु त्यही तिमीहरूले पनि भोग्नुपर्छ। तर म कसैलाई मेरो दाहिने र देब्रेपट्टि बसाउन सक्दिन। मेरा पिताले ती मानिसहरू निश्चित गरिसक्नु भएको छ जसले ती स्थान पाउनेछन्। उहाँले नै ती स्थानहरू ती मानिसहरूकालागी तयार पार्नु भएको छ। ती ठाउँहरू तिनीहरूकै हुनेछन्।”
Nepali Tamang 2011
जमाहेन्से येशूसे थेनीगदेदा “एनीगदेसे ङाइ नाबा दुख मी नाला। तर ङाला दाहिने देब्रे चिपुङ्बा अधिकार ङाला यारी आरे। चु ग्ला ङाला आबासे जुन म्हिला लागिरी स्होबा हिन्ना थे जे चिम्याङ्ला” भिसी सुङ्जी।