Matthew 20:30 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बाटोको छेउमा दुई जना अन्धाहरू बसिरहेका थिए। येशू त्यही बाटो भएर गइरहनुभएको थाहा पाएर तिनीहरूले कराउँदै भने, “हे दाऊदका पुत्र, हे प्रभु, हामीमाथि दया गर्नुहोस्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बाटोको छेउमा बसिरहेका दुई जना अन्धाहरूले येशू त्यो बाटो जाँदैहुनुहुन्छ भन्ने सुनेर यसो भनी चिच्च्याए, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुई जना दृष्टिविहीन मानिसहरू बाटोको छेउमा बसिरहेका थिए; अनि जब येशू त्यहाँबाट जाँदैहुनुहुन्छ भन्ने तिनीहरूले सुने, तब तिनीहरू यसो भन्दै कराए, “हे प्रभु, दावीदका पुत्र, हामीमाथि दया गर्नुहोस्!”
Nepali ERV (पवित्र बाइबल)
बाटोको किनारमा दुइजना अन्धा मानिसहरू बसिरहेका थिए। ती अन्धाहरूले येशू त्यतैतिरबाट जाँदै गर्नु भएको कुरा सुने। अनि ती अन्धाहरू चिच्याए, “प्रभु, दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्।”
Nepali Tamang 2011
ग्यामला कुनीरी चिबा मी आम्राङ्बा म्हि न्हीसे येशू थेनोन ग्याम फेप्बान लबा ताम था याङ्सी “प्रभु, दाऊद ग्लेला सन्तान! ङन्दा दया लउ” भिसी क्रिङ्बान भिजी।