Matthew 20:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि पाँच बजेतिर जाँदा पनि उनले केही मानिसलाई काम नभई त्यसै बजारमा उभिरहेका देखे। उनले तिनीहरूलाई सोधे, ‘तिमीहरू यहाँ किन दिनभरि बेकाममा उभिरहेका छौ?’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उसले पाँच बजेतिर बाहिर निस्केर अरूहरूलाई उभिरहेका भेट्टायो, र तिनीहरूलाई भन्यो, ‘तिमीहरू किन यहाँ दिनभरि बेकाम उभिरहेका छौ?’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि बेलुकाको पाँच बजेतिर ऊ बाहिर गयो, र अझ अरूलाई त्यसै उभिरहेका देख्यो। उसले तिनीहरूलाई सोध्यो, ‘तिमीहरू यहाँ केही नगरी किन दिनभरि उभिरहेका छौ?’
Nepali ERV (पवित्र बाइबल)
फेरि प्रायः पाँच बजे उ बजार गर्न निस्कियो। फेरि केही मानिसहरूलाई केही नगरी त्यसै उभिरहेको देख्यो। उसले तिनीहरूलाई सोध्यो, ‘केही काम नगरी तिमीहरू किन यहाँ बसिरहेका छौ?’
Nepali Tamang 2011
“पाँच बजेरीक्यार दोःसी थे दोप्ता बजाररी निमा गे आयाङ्ना चिबा म्हिगदे स्याप्जी। थेतबासेलमा थेसे थे म्हिगदेदा ‘एनीगदे तिग्दा गे आलना धिन गिक य्होङ्सी चिबा?’ भिसी भिमा,