Matthew 21:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यरूशलेम जाँदाजाँदै उहाँहरू यरूशलेमको नजिकै जैतुन डाँडानेरको बेथफागे भन्‍ने ठाउँमा आइपुग्‍नुभयो। त्‍यहाँबाट येशूले दुई जना चेलाहरूलाई यसो भनेर पठाउनुभयो,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब उहाँहरू यरूशलेमको नजिक जैतून डाँड़ाको बेथफागेमा आइपुग्‍नुभयो, तब येशूले दुई जना चेलाहरूलाई यसो भनेर पठाउनुभयो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँहरू जब यरूशलेमको नजिकै जैतुन डाँडानिर बेथफागे नामक स्थानमा आइपुग्नुभयो, तब येशूले दुई जना चेलाहरूलाई यसो भनेर पठाउनुभयो,
Nepali ERV (पवित्र बाइबल)
येशू र उहाँका चेलाहर यरूशलेम नजिक आईपुग्न लागेका थिए। तर तिनीहरू पहिले ‘जैतुन-डाँडा’ को बेथफागेमा रोकिए। येशूले आफ्ना दुई जना चेलाहरूलाई त्यहाँको एउटा नगरमा पठाउनु भयो।
Nepali Tamang 2011
येशू ह्राङला चेलागदेदेन छ्‌याम फेप्‍बान लमा यरूशलेम ङामला जैतून भिबा गङला बेथफागे नाम्‍सारी धोखजी। ओच्‍छे येशूसे ह्राङला चेला न्‍हीदा पुइजी।