Matthew 21:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी अचम्‍मका कामहरू देखेर र मन्‍दिरमा केटा-केटीहरूले कराउँदै “दाऊद पुत्रको जय होस्!” भनेको सुनेर मुख्‍य पूजाहारी र धर्म-गुरुहरू रिसाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर जब मुख्‍य पूजाहारीहरू र शास्‍त्रीहरूले चाहिँ उहाँले गर्नुभएका अचम्‍मका काम देखे, र केटाकेटीहरूले मन्‍दिरमा “दाऊदका पुत्रलाई होसन्‍ना” भन्‍दै चिच्‍च्‍याएका सुने, तब तिनीहरू क्रोधित भए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जब मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूले उहाँले गर्नुभएका अद्‌भुत कार्यहरू देखे, र मन्दिरको इलाकामा बालबालिकाहरूले “दावीदका पुत्रलाई होसन्‍ना” भनेका सुने, तब तिनीहरू रिसाए।
Nepali ERV (पवित्र बाइबल)
मुख्य पुजाहारीहरू र शास्त्रीहरूले यो दृष्य देखे। तिनीहरूले येशूका चमत्कार कार्यहरू अनि मन्दिरमा बालकहरूले येशूलाई नै प्रंशसा गरिरहेका देखे। बालकहरू भन्दै थिए, “दाऊदका पुत्र, होसन्ना!” यसमा पूजाहरीहरू र शास्त्रीहरू क्रोधित भए।
Nepali Tamang 2011
तर येशूसे लबा उदेकला गेदेन परमेश्‍वरला मन्‍दिररी कोलागदेसे “दाऊद ग्‍लेला सन्‍तानना जयजयकार तगै” भिसी क्रिङ्बा म्राङ्सी परमेश्‍वरला मन्‍दिररी पूजा लबा मुल म्‍हिगदेदेन यहूदी धर्मगुरुगदे बोमो खजी।