Matthew 21:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बाटोको छेउमा नेभाराको रूख देखेर फल छ कि भनेर उहाँ त्‍यस रूखको नजिक जानुभयो, तर त्‍यसमा पातबाहेक केही थिएन। उहाँले त्‍यस रूखलाई भन्‍नुभयो, “अबदेखि तँमा कहिल्‍यै पनि फल नफलोस्।” त्‍यो नेभाराको रूख त त्‍यतिखेरै सुकिहाल्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बाटोको किनारमा उहाँले एउटा अञ्‍जीरको बोट देख्‍नुभयो। उहाँ त्‍यस बोटको छेउमा आउनुभयो, तर त्‍यसमा पातबाहेक अरू केही पाउनुभएन। तब उहाँले त्‍यसलाई भन्‍नुभयो, “अब उप्रान्‍त तँमा कहिल्‍यै फल नफलोस्‌” र त्‍यो अञ्‍जीरको रूख तुरुन्‍तै ओइलाइहाल्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बाटोको किनारमा एउटा अञ्जीरको रूख देखेर उहाँ त्यहाँ आउनुभयो, तर त्यसमा पातहरूबाहेक केही पाउनुभएन। तब उहाँले त्यसलाई भन्‍नुभयो, “अब उप्रान्त तँमा फल नफलोस्!” अनि त्यो रूख तुरुन्तै ओइलायो।
Nepali ERV (पवित्र बाइबल)
उहाँले बाटोको किनारमा त्यस नेभाराको रूख देख्नु भयो। येशूले नेभाराको रूखको छेउमा गएर उहाँले केही फल खाने इच्छा गर्नुभयो। तर त्यो नेभाराको रूखमा त्यसमा खाने फल केही थिएन। त्यहाँ पातैपात मात्र थिए। अनि येशूले त्यो रूखलाई भन्नुभयो, “अब उप्रान्त तँमा फल लाग्ने छैन।” अचानक त्यो रूख ओइलायो र मर्यो।
Nepali Tamang 2011
ग्‍यामरी फेप्‍बान लबा धुइरी येशूसे ग्‍यामला कुनीरी अञ्‍जीरला दोङ गिक म्राङ्जी। थे दोङरी अञ्‍जीर मुजी वा भिसी स्‍हीबारी फेप्‍मा भा जे म्राङ्सी “दाहेन्‍से चु दोङरी खाइमै अञ्‍जीर थारोगै” भिसी येशूसे सुङ्जी। थेह्रङ् सुङ्मैछ्‌याम थे अञ्‍जीर दोङ खर्जी।