Matthew 21:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले मन्‍दिरमा शिक्षा दिँदै हुनुहुन्‍थ्‍यो। त्‍यस बेला मुख्‍य पूजाहारी र अरू अगुवाहरूले उहाँकहाँ आएर उहाँलाई सोधे, “तपाईंले कहाँबाट अधिकार पाएर यी काम गर्दै हुनुहुन्‍छ? यो अधिकार तपाईंलाई कसले दियो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँ मन्‍दिरमा प्रवेश गर्नुभयो, अनि उहाँले शिक्षा दिनुहुँदा मुख्‍य पूजाहारीहरू र जनताका धर्म-गुरुहरू उहाँकहाँ आए, र भने, “कुन अधिकारले तिमी यी कामहरू गर्छौ, र कसले तिमीलाई यो अधिकार दियो?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशू मन्दिरका चोकहरूमा आउनुभयो; अनि उहाँले शिक्षा दिँदैगर्दा मुख्य पुजारीहरू र जनताका प्रधानहरू उहाँकहाँ आए। तिनीहरूले सोधे, “तिमीले कुन अधिकारले यी कुराहरू गरिरहेका छौ? अनि तिमीलाई यो अधिकार कसले दियो?”
Nepali ERV (पवित्र बाइबल)
येशू मन्दिरतर्फ जानुभयो। र उहाँले सिकाइरहनु भएको बेला, मुख्य पुजारीहरू र जन-साधारणका अगुवाहरू येशूकहाँ आए। तिनीहरूले येशूलाई भने, “हामीलाई भन्नुहोस्। यी कार्यहरू गर्न तपाईंको के अधिकार छ? यस्तो अधिकार तपाईंलाई कसले दियो?”
Nepali Tamang 2011
परमेश्‍वरला मन्‍दिररी फेप्‍सी येशूसे म्‍हिगदेदा लोप्‍बान लबा धुइरी परमेश्‍वरला मन्‍दिररी पूजा लबा मुल म्‍हिगदेदेन यहूदी गन्‍बागदे येशू मुबा ग्‍लारी खसी “ह्राङसे खानङग्‍याम अधिकार याङ्सी चु गे लबा हिन्‍ना? ह्राङदा चु अधिकार खाल्‍से पिन्‍बा हिन्‍ना?” भिसी ङ्‌योइमा,