Matthew 21:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लौ भन, यूहन्‍नाले बप्‍तिस्‍मा दिने अधिकार कहाँबाट पाए, परमेश्‍वरबाट कि मानिसबाट?” यो सुनेर तिनीहरू आपसमा यसरी कुरा गर्न लागे, “अब हामीहरूले के जवाफ दिऔं? परमेश्‍वरबाट भनौं भने ‘तिमीहरूले यूहन्‍नालाई किन विश्‍वास गरेनौ त?’ भनेर उनले सोधिहाल्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यूहन्‍नाको बप्‍तिस्‍मा कहाँबाट भयो? स्‍वर्गबाट कि मानिसहरूबाट?” तिनीहरू आपसमा यसो भन्‍दै बहस गर्न लागे, “स्‍वर्गबाट भनौं भने, तिनले ‘उसो भए तिमीहरूले उनलाई किन विश्‍वास गरेनौ?’ भन्‍नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यूहन्‍नाको बप्‍तिस्मा कहाँबाट आएको हो? स्वर्गबाट हो कि मानिसहरूबाट?” तिनीहरूले आपसमा छलफल गरे र भने, “यदि हामीले ‘स्वर्गबाट,’ भन्यौँ भने उनले ‘त्यसो भए तिमीहरूले किन तिनलाई विश्‍वास गरेनौ’ भनी भन्‍नेछन्।
Nepali ERV (पवित्र बाइबल)
“मलाई भन यूहन्नाको बप्तिस्मा परमेश्वरबाट वा मानिस कसबाट भयो? मुख्य पूजारीहरू र यहूदी नेताहरूले येशूको यो प्रश्न बारे बहस गरे। तिनीहरू आपसमा बात चीत गर्न थाले, “यदि हामीले यूहन्नाको बप्तिस्मा परमेश्वरबाटै भएको थियो, भन्यौ भने उहाँले भन्नु हुनेछ ‘त्यसो भए तिमीहरूले यूहन्नालाई किन विश्वास नगरेको भनी?’
Nepali Tamang 2011
यूहन्‍नादा बप्‍तिस्‍मा पिन्‍बा अधिकार खाल्‍से पिन्‍जी? परमेश्‍वरसे कि म्‍हिगदेसे?” जमाहेन्‍से थेनीगदे ह्राङ ह्राङ न्‍हङ‍री सल्‍लाह लबान, “परमेश्‍वरग्‍याम भिजी भिसम थेसे य्‍हाङदा ‘थेह्रङ् भिसम एनीगदेसे तिग्‍दा यूहन्‍नादा विश्‍वास आलबा?’ भिसी भिला।