Matthew 21:28 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि येशूले अझै भन्‍नुभयो, “तिमीहरूको के विचार छ? एक जना मानिसका दुई छोरा थिए। तिनले जेठोकहाँ गएर भने, ‘ए छोरा, आज तैँले दाखबारीमा गएर काम गर्नू है’।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमीहरू के विचार गर्दछौ? एक जना मानिसका दुई छोरा थिए। उसले पहिलोकहाँ आएर भन्‍यो, ‘छोरो, गएर आज दाखबारीमा काम गरिदे।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिमीहरू के सोच्छौ? एक जना मानिसका दुई छोराहरू थिए। तिनी पहिलोकहाँ गएर भने, ‘छोरा, आज गएर दाखबारीमा काम गरिदे है।’
Nepali ERV (पवित्र बाइबल)
“तिमीहरू यसको बारेमा के सोच्छौ? एकजना मानिसका दुइ छोराहरू थिए। त्यो मानिसले आफ्नो जेठा छोरालाई भन्यो, ‘छोरा, जाऊ र गएर आज दाखबरीमा काम गर।’
Nepali Tamang 2011
येशूसे अझ चुह्रङ् भिसी सुङ्जी, “ङाइ एनीगदेदा झा न्‍ही मुबा म्‍हिला उखान पाङ्ला। एनीगदेसे चुग्‍याम तिग घोला? थे म्‍हि थेबा झा मुबा ग्‍लारी निसी ‘ए तिनी अङगुर वारीरी निसी गे लउ झा’ भिसी कुल्‍मा,