Matthew 21:31 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब यी दुई छोरामा कुनचाहिँले बुबाको आज्ञा मान्‍यो?” “दाजुचाहिँले!” तिनीहरूले जवाफ दिए। तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, कर उठाउने र वेश्‍याहरू त तिमीहरूभन्दा पहिले परमेश्‍वरको राज्‍यमा पस्‍छन्
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अब यी दुईमा कुनचाहिँले बाबुको इच्‍छा पालन गर्‍यो?” तिनीहरूले जवाफ दिए, “पहिलोचाहिँले।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, कर उठाउनेहरू र वेश्‍याहरू तिमीहरूभन्‍दा अघि परमेश्‍वरको राज्‍यमा प्रवेश गर्छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ती दुईमध्ये कुन चाहिँले बुबाको इच्छा पूरा गर्‍यो?” तिनीहरूले भने, “पहिलोले।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “म साँच्‍चै तिमीहरूलाई भन्दछु, कर उठाउनेहरू र वेश्याहरू परमेश्‍वरको राज्यमा तिमीहरूभन्दा पहिले प्रवेश गर्दैछन्।
Nepali ERV (पवित्र बाइबल)
“अब यी दुइ छोराहरूमा कुन चाहिँले आफ्नो बाबुको आज्ञा पालन गर्यो। यहूदी नेताहरूले जवाफ दिए, “जेठा चाहिले।” येशूले तिनीहरूलाई भन्नुभयो, “म साँचो कुरा तिमीहरूलाई भन्दछु। महसूल उठाउनेहरू र वेश्याहरू खराब मानिसहरू हुन् भनी तिमीहरू ठान्दछौ। तर परमेश्वरको राज्यमा तिमीहरू भन्दा पहिले तिनीहरूले प्रवेश गर्न पाउनेछन्।
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे परमेश्‍वरला मन्‍दिररी पूजा लबा मुल म्‍हिगदेदेन यहूदी गन्‍बागदेदा “चु न्‍ही न्‍हङ‍री खजिबासे चा आबासे कुल्‍बा ताम ङ्‌यान्‍जी” भिसी ङ्‌योइमा, थेनीगदेसे “थेबा झासे” भिसी जोहाब पिन्‍जी। ओच्‍छे येशूसे थेनीगदेदा चुह्रङ् भिसी सुङ्जी, “च्‍यागो, एनीगदेसे ङाला ताम ङ्‌यान्‍गो, एनीगदे भन्‍दा ङाच्‍छा तिरो दुइबा म्‍हिगदेदेन बेश्‍यागदे परमेश्‍वरला य्‍हुल्‍सारी निला।