Matthew 21:32 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने बप्तिस्मा दिने यूहन्ना सत्य बाटो देखाउन तिमीहरूकहाँ आए, तर तिमीहरूले विश्वास गरेनौ। बरु कर उठाउने र वेश्याहरूले चाहिँ विश्वास गरे। यी कुराहरू देखेर पनि तिमीहरूले आ-आफ्ना पापलाई मानेर छोडेनौ र उनलाई विश्वास गरेनौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि यूहन्ना तिमीहरूकहाँ धार्मिकताको मार्ग देखाउन आए, तर तिमीहरूले उनीमाथि विश्वास गरेनौ। तर कर उठाउनेहरू र वेश्याहरूले उनीमाथि विश्वास गरे। तिमीहरूले यो देखेर पनि पश्चात्ताप गरेनौ, अनि उनीमाथि विश्वास गरेनौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि यूहन्ना तिमीहरूकहाँ धार्मिकताको बाटो देखाउन आए, र तिमीहरूले उनलाई विश्वास गरेनौ, तर कर उठाउनेहरू र वेश्याहरूले त गरे। अनि तिमीहरूले यो देखेर पनि पश्चात्ताप गरेर विश्वास गरेनौ।
Nepali ERV (पवित्र बाइबल)
यूहन्ना सही जीवन बाँच्ने उपाय देखाउनलाई आएका थिए। तर तिमीहरूले यूहन्नालाई पटक्कै विश्वास गरेनौ। तर महसूल उठाउनेहरू र वेश्याहरूले यूहन्ना माथि विश्वास गरे। अनि महसूल उठाउनेहरू र वेश्याहरूले यूहन्नालाई विश्वास गरेको तिमीहरूले देखेका थियौ। तर अझै पनि तिमीहरूले उनलाई विश्वास गर्न मन गरेनौ।
Nepali Tamang 2011
तिग्दा भिसम बप्तिस्मा पिन्बा यूहन्नासे एनीगदेदा परमेश्वरसे म्हन्बा अन्छारला ग्याम उन्बारी खमाएनोन एनीगदेसे थेदा विश्वास आलनी। बरु तिरो दुइबा म्हिगदेदेन बेश्यागदेसे चा थेदा विश्वास लजी। थेनीगदेसे विश्वास लबा म्राङ्सीनोन एनीगदेसे ह्राङ ह्राङला पाप ख्लासी परमेश्वरपट्टि आदोःनी। ओच्छे थेला ताम विश्वास आलनी।