Matthew 21:41 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले जवाफ दिए, “तिनी आफैं आएर ती दुष्ट मोहीहरूलाई मार्नेछन् अनि आफूले पाउनुपर्ने भाग ठीकसँग दिने मोहीहरूलाई त्यो बारी कमाउन दिनेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले उहाँलाई भने, “उनले ती दुष्टहरूलाई सर्वनाश गर्नेछन्, र दाखबारी अरू मोहीहरूलाई ठेक्कामा दिनेछन्, जसले उनलाई फलको हिस्सा समयमा बुझाउनेछन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले जवाफ दिए, “तिनले ती दुष्टहरूलाई दुर्दशापूर्वक अन्त्य गरिदिनेछन्, र त्यो दाखबारी अरू मोहीहरूलाई दिनेछन्, जसले कटनीको समयमा तिनको भागको उब्जनी तिनलाई दिनेछन्।”
Nepali ERV (पवित्र बाइबल)
ती यहूदी पूजाहारीहरू र नेताहरूले भने, “उसले ती दृष्टहरूलाई अवश्य नै मार्नेछ। त्यसपछि उनले आफ्नो खेत अरू किसानहरूलाई कमाउन दिनेछन्। जसले फलको समयमा मालिकलाई उसको भाग बुझाउन ल्याउँछ उनीहरूलाई त्यो खेत कमाउन दिईनेछ।”
Nepali Tamang 2011
थेनीगदेसे “थे अङगुर वारीला धनीसे थेह्रङ्बा नइबा गे लबा म्हिगदेदा नाश लला। ओच्छे जुन म्हिसे अङगुर मिन्माहेन्से ह्राङला भो पिन्ना थेह्रङ्बा म्हिगदेदा अधियाँ पिन्ना” भिसी येशूदा जोहाब पिन्जी।